संघीय सरकारले कृषिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने – प्रदेश कृषिमन्त्री यादव

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 601
पढ्न लाग्ने समय : 1 मि.

रञ्जन यादव/
मधेश प्रदेश सरकारका कृषि तथा भुमि सुधार मन्त्री बिजय यादबले संघीय सरकारले कृषिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बाराको सिमरामा साना किसान कृषि सहकारी संस्था लि सिमराको कार्यालय भवन निर्माणको शिल्यान्स तथा सातौँ स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउँनुभएको हो । मन्त्री यादबले सरकारको ढुकुटी भर्नमा कृषिले ४० प्रतिशत योगदान दिने तर लगानी गर्ने सवालमा २ देखि २.५ प्रतिशत सम्म मात्र लगानी गर्ने बिड्म्बना सुनाउँनुभयो ।

उनले सबैको सहकार्यबाट मात्र देशमा बिकास सम्भव हुने भएकाले सहकार्यता गरी स्वावलम्बी बन्न सबैलाई आग्रह गर्नुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.२ सिमरामा सहकारी संस्थाले तिन तल्लामा १० कोठाको भवनको शिलान्यास गरेको छ । भवनको शिलान्यास मन्त्री यादबले गर्नुभएको थियो ।

कुल ५१ लाख ६६ हजार ६ सय ५ रुपैया लागत अनुमान गरिएको भवन अषाढ मसान्तसम्ममा बनाउँने लक्ष्य राखिएको साना किसान कृषि सहकारी संस्था लिको कार्यालय सिमराका अध्यक्ष कमला घिमिरेले जानकारी दिनुभयो । संस्थामा १ हजार ६ सय ६८ जना शेयर सदस्यहरु आबद्ध छन् ।सहकारी संस्थाले सातौँ स्थापना दिवस केक काटी मनाएको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।