रौतहट : विभिन्न पार्टी परित्याग गरी रौतहटमा सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिले सोमवार आयोजना गरेको विस्तारित बैठक एवं पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो ।
आयोजित कायक्रममा नेकपा एमाले,नेकपा एकिकृत समावादी,नेकपा माओवादी लगाएत दलबाट सयौंको संख्यामा नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरु अधिकांश जसपा नेपाल छाडेर अन्य पार्टीमा गएकाहरु रहेका छन । केही कारणले गर्दा पार्टीबाट असन्तुस्ट भइ अन्य पार्टीमा गएका उनिहरु फेरी आफनै पुरानो घर जसपा नेपालमा फर्केको उनीहरुले बताएका छन ।
सो अवसरमा जिल्लाको माधवनारायण नगरपालिका–२ खेसरहियाका पूर्व वडा अध्यक्ष हनुमान सहनी, माधवनारायण नगरपालिका–६ माधोपुरका वडा अध्यक्षका प्रत्यासी हरिनारायण प्रसाद यादव,नेता चन्देश्वर साह तेली,दुर्गा भगवती गाउँपालिका–२ भलोहियाका वडा अध्यक्षका प्रत्यासी रमेश महतो,माधवनारायण नगरपालिका–३ भेल्हीका रामइश्वर यादव सहितका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको जसपाले जनाएको छ ।
पाटीमा नवप्रवेसीहरुलाई जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरीले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । उपाध्यक्ष चौधरीको हातबाट टिका माला लगाएर ठुलो संख्यामा राजनीतिमा राम्रो पकड र जनमत भएका नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन ।
जसपा नेपालका उपाध्यक्ष गोविन्द चौधरीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष श्याम विहारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारीणी समिति सदस्य किशोरी यादव,विश्वनाथ पटेल,मधेश प्रदेशकी रास्ट्रिय सभा सदस्य पुजा चौधरी,प्रदेश सांसद सोभा देवी साह,पार्टीका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव,केन्द्रिय सदस्य एवं मधेश प्रदेशका पूर्व खानेपानी राज्य मन्त्री अब्बुल कलाम आजाद लगायतको सम्बोधन गरेका थिए ।









