बीरगन्ज आएर पुर्ब गृहमन्त्री निधीले कर्णको लागि मत मागे

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 830
पढ्न लाग्ने समय : 1 मि.

बीरगन्ज
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार लक्ष्मण लाल कर्णलाई भारी बहुमतले बिजयी गराउन पुर्ब गृहमन्त्री बिमलेन्द्र निधीले आग्रह गरेका छन् ।बीरगन्जको नगवामा बिहीबार आयोजित रात्रि सभालाई सम्बोधन गर्दै निधीले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कर्णलाई मत दिन मतदाता हरु सित अनुरोध गरे ।नेपाली काङ्ग्रेसका नेता निधीले पाँच दलिय गठबन्धनका उम्मेदवारलाई बिजयी गराए नागरिकताको समस्या हल हुने दाबी गरे ।उनले एमालेका कारण लाखौं मधेसी जनताले नागरिकत पाउन नसकेको जिकिर गरे ।निधीले पाँच दलका उमेदवार जिते नागरिकता बिधेयक पास हुने र सदाका लागि नागरिकता समस्या समाधान हुने बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।