प्रहरीको अनुसन्धानमा विश्वास छैन –मृतक स्वर्णकारका दाजु सुमोध सरार्फ

गढिमाइ खबर
पढ्न लाग्न समय 3 मिनेट

मृतक रुपैश स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारबाही गर्नुको साटो उनको चरित्र हत्या गरेको परिवारका सदस्यहरूले आरोप लगाएका छन्।

बारा प्रहरीले पत्रकार सम्मेलन गरेर स्वर्णकारको हत्यामा संलग्नलाई सार्वजनिक गरेको एक घण्टामै उनीहरूले एक प्रेस विज्ञप्ति जारी गरी गर्दै आपत्ति जनाएका हुन्।

मृतक स्वर्णकारका दाजु सुमोध सरार्फले प्रहरीले स्वर्णकारको हत्यामा हुँदै नभएको विद्यालयका दुईजना कर्मचारीलाई सार्वजनिक गरेर हत्यारालाई उन्मुक्ति दिन लागेको आरोप लगाए।

करिब सात महिना अगाडि बाल एकता बोर्डिङ स्कुलमा दुई महिना मात्र काम गरेकी राधासँग स्वर्णकारको नाम जोडेर परिवारको पनि चरित्र हत्या भएको उनको भनाई छ ।

राधालाई विद्यालयबाट हटाएदेखि स्वर्णकारको कुनै सम्बन्ध पनि नरहेको भए पनि प्रहरीले उनकै योजनामा घटना भएको जोडेर चरित्र हत्या गरेको उनले दावी गरे।

मृतक स्वर्णकारको मुख्य हत्यारा पक्राउ नपरे परिवारका सदस्यले प्रहरी विरुद्धमा कडा आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन् ।

यस हत्या आरोपित सार्वजनिक प्रति पूर्र्ण असन्तुष्टी जनाउदै सत्यतथ्य प्रमाण सहित न्याय पाउनका निम्ती आमनागरिक समाज,संचारकर्मि,उद्योग व्यवसायी तथा संघ संस्थालाई सहयोग गर्न उनले अपिल गरेका छन् ।

प्रेस विज्ञप्तिमा पचरौता नगरपालिकामा केही दिन पहिले भएको घटनामा संलग्न व्यक्ति तथा मोटरसाइकललाई सत्यलाई ढाकछोप गरी यो घटनालाई अन्यत्र मोडन खोजेको भन्दै असहमति व्यक्त गरिएको छ ।

दिनदहाडै भएको हत्याबाट सृजित हुनसक्ने अवस्था तथा सुरक्षा चुनौतिलाई थेग्न नसक्ने अवस्थाबाट मुक्ति पाउन मुद्दालाई अन्यत्र मोडन प्रयास भएको भन्दै विज्ञप्तिमा असहमति व्यक्त गरिएको छ । विना प्रमाण मृतकको चरित्र हत्या गरेको विज्ञप्तिमा लेखिएको छ ।

शान्ति सुरक्षा कायम गर्न नसकेको प्रश्न प्रहरी प्रशासन माथि उब्जने बाटो बाट बच्न आम जनताको आँखामा भ्रम सृजना गर्न खोजेको भन्दै असहमति व्यक्त गरिएको छ । दोषी नउम्कुन र निर्दोष नफसुन भन्दै प्रेस विज्ञप्ति मार्पmत निष्पक्ष छानवीन तथा न्यायको माग गरिएको छ ।

हामीलाई लासको सदगत गरे सबैकुरा सार्वजनिक गर्छुु भनेर दाह संस्कार गर्न दबाब दिएको तर जिल्ला प्रहरी कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा चित बुझ्दो प्रमाणा दिन नसकेको सरार्फले बताए ।

मृतकलाई अस्पताल पुयाउने विद्यालयका कर्मचारी रेयाज अंसारी तथा घट्नास्थलमा हुदै नभएका विद्यालयकै अर्को कर्मचारी जामिल अख्तर अंसारीलाई बिना प्रमाण सहयोगीको आरोप लगाई फसाउन खोजेको भन्दै असहमति व्यक्त गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयको अभिव्यक्तिमा भिन्नता देखिएको तथा जिल्ला प्रहरी कार्यालय दोषीहरुको दोषलाई उजागार गर्न नसकेको बताए ।

सत्यतथ्य प्रमाण सहित घटनाको विवरण सार्वजनिक गर्न घटनालाई अन्यत्र नमोहून प्रशासन समक्ष अनुरोध गर्दै हामीलाई न्याय दिलाउन हामी सम्पुर्ण संचारकर्मि,आमनागरिक समाज,उद्योग व्यवसायी तथा संघ संस्थालाई हार्दिक अनुरोध सरार्फले उक्र पत्रकार सम्मेलनमा गरेका छन् ।

 

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *