रामनगर महोत्सवको सबै तयारी पुरा, आज आउने छन यी कलाकारहरु

गढिमाइ खबर
169 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : बाराको जीतपुरसिमरा १७ रामनगरमा आजदेखी हुने प्रथम रामनगर सोनाम ल्होसार महोत्सव सुरु हुदै छ।

“राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका साथ आयोजना गर्न लागिएको महोत्सवको सवै तयारी पुरा भएको आयोजकले जनाएको छ।

महोत्सवको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले ११ः ३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको वडा नम्बर १७ का वडाध्यक्ष भिम बहादुर लामाले जानकारी गराएका छन्।

महोत्सवको सवैकाम तयारी भइसकेको महोत्सवका संयोजक साजन दोङ्गले बताएका छन्। व्यापारिक स्टलहरु मनोरन्जका लागि विभिन्न खेलतमासा,बाल उद्यानहरु आईसकेको र केही व्यापारी स्टलहरु आउने क्रमममा रहेको संयोजक दोङ्गले बताए।

महोत्वसको पहिलो दिन आज उद्घाटन पश्चात १४ गते आउने कलाकारहरु गायक.लोकेन लामा,रेस्मा बोम्जन,साम्तेन मोक्तानको बिजोड प्रस्तुति रहने साथै स्थानीय कलाकारहरुको पनि नृत्य, झाँकीहरु समेत प्रस्तुत गरिने संयोजन दोङ्गले जनाएका छन ।

२८६१ औ ल्होसार पर्वको अवसरमा आयोजित उक्त महोत्सव स्थानीय नेपाल तामाङ् धेदुङ वडा कार्यसमिति,सम्तेङ लिङ्ग गुम्बा र रामनगर युथ क्लबले महोत्सवको संयुक्त आयोजनामा भईरहेको छ।

महोत्सवको व्यवस्थापनमा लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक पत्रीका रहेको छ। संरक्षकमा जीतपुरसिमरा उपमहानगरपालिका र वडा नम्बर १७ को वडा कार्यालय रहेको छ।

साझा गर्नुहोस्