बीरगन्ज
पर्सा क्षेत्र नम्बर १ बाट बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेद्बार लक्ष्मण लाल कर्णले आफुले पहल गरेर एक अर्बको योजना ल्याएको बताएका छन् ।बुधबार बीरगन्ज महानगरपालिका-३२ चोर्नी टोलमा रात्री सभालाइ सम्बोधन गर्दै उनले विभिन्न मन्त्रालय बाट पहल गरेर एक अर्बको बिकाशको योजना ल्याएको बताए । उनले क्षेत्र नम्बर ४ मा अहिले एक अर्बको सडक निर्माणको कार्य चलिरहेको बताए ।पाँच दलको आग्रहमा नै आफुले क्षेत्र नम्बर १ मा आएर उम्मेद्बार बनेको जानकारी दिदै यहाको पनि बिकासको लागि कुनै कसर बाकी नराख्ने जिकिर गरे ।मधेसी जनता शीत जसपा र त्यस्का उमेदवार प्रदीप यादवले धोका गरेको भन्दै मधेसी जनताको माग पूरा गराउन तथा संविधान संसोधन गराउन आफुलाइ मत दिएर बिजयी गराउन मतदाता हरु शीत आग्रह गरे ।चोर्नी टोलमा विभिन्न कारखाना हरु रहेको भएपनी त्यहाका स्थानीय हरु ले रोजगार नपाएकोले उनी हरुलाई आफनै गाउँ ठाँउमा रोजगारीको लागि पहल गर्ने नेता कर्णको भनाइ थियोे ।सभालाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका केन्द्रिय उपाध्यक्ष सुधीर कर्णले स्वतन्त्र उम्मेद्बार अजय द्विबेदी माथि इङित गर्दै जो आफ्नो पार्टीको हु सकेन भने आम जनताको हुनै नसक्ने जिकिर गरे ।उनले क्षेत्र नम्बर १ बाट यसअघि जितेर गएका हरुले के काम गरे भनेर जनताले सोध्न आग्रह गरेका थिए ।