बारा–२ मा ३६ जनाको उमेदवारी, २४ स्वतन्त्र उमेदवार

गढिमाइ खबर
87 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

बारा २ मा वैशाख १० हुने उपनिर्वाचनका लागि आज भएको उम्मेदवारी दर्तामा ३६ जनाले दर्ता गराएका छन् ।जस मध्ये २४ जना स्वतन्त्र रहेका छन् । सोमबार भएको मनोनयनमा दलहरूकोतर्फबाट १२ जना र स्वतन्त्र २४ गरी ३६ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज कुमार चौधरीले जानकारी दिएका छन् । जिल्ला समन्वय समितिको कार्यालय मा भएको उमेदवारी दर्ताका लागि बिहान १० बजे बेलुका ५ बजेसम्मको समय तोकिएको थियो ।

बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेल , आम जनता पार्टी बाट अरुण ज्ञवाली, नागरिक उन्मुक्ति पार्टीबाट डाक्टर कमरुल्लाह अन्सारी, नेपाल मजदुर किसान पार्टीबाट मुक्ति यादव लगायत ३६ जनाले उम्मेदवारी दिएका छन् ।

बैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा –२ मा २८७ जना मतदाता थपिएका छन् । यसअघि मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा यहाँ १ लाख ५ हजार ११ मतदाता रहेका थिए । जसमा पुरुष ५८ हजार ७४९ र महिला ४६ हजार २६२ थिए भने हाल १ लाख ५ हजार २९८ मतदाता रहेका छन् ।

मङ्सिर ४ गते भएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १३७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख चौधरीले जानकारी दिएका छन् ।

साझा गर्नुहोस्