रञ्जन यादव/
जीतपुर, ७ असोज
बारा स्थित पथलैया खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सुरेशकुमार लामाको प्यानल निर्वाचित भएको छ ।
समितिको २५औं साधारणसभाले सर्वसम्मत् नेतृत्व चयन गर्न नसकेपछि भएको निर्वाचनमा लामा नेतृत्वको प्यानल निर्वाचित भएको हो ।
निर्वाचनमा लामा र अर्का उम्मेदवार खिलबहादुर कार्कीले प्यानल बनाएर चुनाव लडेका थिए भने अध्यक्ष पदमा राजकुमार डिमडुलले एकल उम्मेदवारी दिएका थिए ।
अध्यक्ष पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा लामा कार्कीसंग ७८ मतको मतान्तरले निर्वाचित भएका छन् ।
लामाले दुई सय ७९ मत प्राप्त गर्दा कार्कीले दुई सय एक मत प्राप्त गरे । यसैगरी अध्यक्षका एकल उम्मेदवार डिमडुङले ७८ मत प्राप्त गर्नुभएको छ ।
कुल ६ सय ४३ मतदातामध्ये निर्वाचनमा पाँच सय ७३ मत खसेको थियो । निर्वाचित पदाधिकारी र सदस्यलाई एक कार्यक्रमकाबीच सपथ ग्रहण र प्रमाणपत्र वितरण गरिने प्रमुख निर्वाचन अधिकृत शंकरकुमार आचार्यले जानकारी दिए ।