बिल विजक भन्दा बढीको सामान सहित चार भारतीय ट्रक बारा प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
276 पाठक संख्या

बारा प्रहरीले बिल विजक भन्दा बढीको सामान सहित चार वटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय अमलेखगञ्जको संयुक्त विशेष प्रहरी टोलीले शुक्रबार राति जितपुर सीमाबाट बिल विजक भन्दा बढीको सामान सहित चार वटा भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।

जितपुरसिमरा उपमहानगरपालिका – २१ स्थित अमलेखगञ्जबाट पीबी १३ बीडी ९१८८, एचआर ४५ सी ९६८०, डब्लुबी २३ सी२८७३ र डब्लुबी ०३ डी २५१६ नम्बरको ट्रकबाट बिल विजक भन्दा बढी हार्डवेयर सामानहरू बरामद गरेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

नियन्त्रणमा लिएको पिपि होम राफफिए र डि.आई फिटिङग हार्डवेयरका समानहरु रहेको छ ।

उनका अनुसार ट्रकबाट बरामद सामग्रीको अनुमानित एक करोड ६४ लाख ४८ हजार ५ सय ८ रुपैयाँ बराबरको हार्डवेयरको सामान रहेको छ ।

प्रहरीले चार वटै ट्रक र बरामद समानलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको प्रवक्ता न्यौपानेले बताए ।

साझा गर्नुहोस्