बिल विजक भन्दा बढीको सामान सहित चार भारतीय ट्रक बारा प्रहरीको नियन्त्रणमा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 74
पढ्न लाग्ने समय : 1 मि.

बारा प्रहरीले बिल विजक भन्दा बढीको सामान सहित चार वटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय अमलेखगञ्जको संयुक्त विशेष प्रहरी टोलीले शुक्रबार राति जितपुर सीमाबाट बिल विजक भन्दा बढीको सामान सहित चार वटा भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।

जितपुरसिमरा उपमहानगरपालिका – २१ स्थित अमलेखगञ्जबाट पीबी १३ बीडी ९१८८, एचआर ४५ सी ९६८०, डब्लुबी २३ सी२८७३ र डब्लुबी ०३ डी २५१६ नम्बरको ट्रकबाट बिल विजक भन्दा बढी हार्डवेयर सामानहरू बरामद गरेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

नियन्त्रणमा लिएको पिपि होम राफफिए र डि.आई फिटिङग हार्डवेयरका समानहरु रहेको छ ।

उनका अनुसार ट्रकबाट बरामद सामग्रीको अनुमानित एक करोड ६४ लाख ४८ हजार ५ सय ८ रुपैयाँ बराबरको हार्डवेयरको सामान रहेको छ ।

प्रहरीले चार वटै ट्रक र बरामद समानलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको प्रवक्ता न्यौपानेले बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।