लागू औषध गाँजा सहित वीरेन्द्र चौधरी पक्राउ

गढिमाइ खबर
127 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया : प्रतिबन्धित लागु औषध गाँजा सहित बारा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको बिष्णु गाँउपालिका वडा नं.३ मधुवनगोठ बस्ने अन्दाजी ५४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्। उनको साथबाट सात किलो चार सय ७० किलो लागु औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बि बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकबाट उनलाई पक्राउ गरेको हो।

नारायणघाटबाट मलंगवा तर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको यात्रुबाहक बसलाई रोकि प्रहरीले जाँच गर्दा सो गाँजा प्रहरीले बरामद गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।

साझा गर्नुहोस्