जोखिम तथा विपद् व्यवस्थापनको तयारी बारामा ‘अभ्यास मनसुन–५’ अन्तर्गत कृत्रिम अभ्यास

गढिमाइ खबर
99 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

कलैया । बर्षातको समयलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले हुन सक्ने जोखिम तथा विपद्का लागि पुर्व तयारीमा जुटेको छ ।

बारामा पुर्वतयारीकै क्रममा मनसुनको सम्भावित जोखिम तथा विपद् व्यवस्थापनको तयारी स्वरूप ‘अभ्यास मनसुन–५’ अन्तर्गतको मंगलबार कृत्रिम अभ्यास गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति बाराको संयुक्त आयोजनामा सिम्रौनगढ नगरपालिका–९ स्थित ऐतिहासिक झरोखर पोखरीमा “जहाँ विपद,त्याहाँ सहकार्य सुरक्षाकर्मीसंगै–साझा दायित्व,साझा मार्गदर्शन ” भन्ने मूलनाराका साथ उक्त अभ्यास गरिएको हो। सो कार्यक्रममा सिम्रौनगढ़ नगरपालिका र रेडक्रस सोसाइटी बाराले सहयोग गरेको थियो ।

झरोखर पोखरीमा बाढीजन्य विपद् व्यवस्थापन,उद्धार,राहत र प्रारम्भिक स्वास्थ्य सेवा प्रवाह जस्ता पक्षमा कार्यको पूर्व अभ्यास गरिएको थियो । बाढीको समयमा उद्धार कसरी गर्ने,सामूहिक सहयोग र समन्वय कसरी प्रभावकारी बनाउने भन्ने सन्देश समेत कार्यक्रमले दिएको छ।

कार्यक्रममा नेपाली सेना तथा सशस्त्र प्रहरीको उद्धार प्रदर्शन गरिएको छ। बाँस तथा पानीको बोतलको सहायताले बोट निर्माण गरिएको छ। घाइतेको प्राथमिक उपचारको नमुना अभ्यास उक्त अवसरमा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष बसन्त अधिकारी रहेका थिए। सो अवसरमा बोल्दै प्रजिअ अधिकारीले कृत्रिम अभ्यास जस्तो लाग्ला तर जसलाई पर्छ नि परेपछि मात्रै महिमा,गरिमा,आवश्यकता बारे बताए । कृत्रिम अभ्यास गर्ने सबै तालिम प्राप्त ब्यक्ति रहेको र विपद उद्धारमा खटिने उहाले जनाए।

तालिम प्राप्त यस्ता ब्यक्तिहरु हरेक स्थानीय तहमा हुनुपर्ने उनले जोड दिए। बाढीजन्यको पूर्व सन्ध्यामा छौँ,मनसुनजन्य प्रकोपबाट बाढी र डुबान कहाँ कहाँ हुन्छ,उदार कर्ताहरुलाई कसरी खटाउनुपर्छ,हामी संग के के उपकरणहरु छ यस्ता अभ्यासहरुले अलि सोच्नुपर्ने बाध्य बनाउने गरेको उनले बताए।

विपद व्यवस्थापनको शिर्षकमा हामी खर्च गरेका छैनौं तर असार १० गते भित्र सबै स्थानीय तहको अब नगर सभा हुँदै छ,यो विषय संगसंगै कम्तीमा पनि यो जिल्ला बाढी र डुबानजन्य प्रकोप बढी हुन्छ,स्थानीय तहहरुले लाइफ ज्याकेट,मोटर बोट जस्ता सामाग्री नजिकको सुरक्षाकर्मी संग समन्वय गरेर आवश्यकता परेको बेला तुरुन्त उपलब्ध गराउने सकियो भने धेरै मान्छेको ज्यान जोगाउन सकिन्छ,होइन भने जानी गर,हानी नगर नजान्ने मान्छे खोलामा हाम फालिदिने डुबानमा म उदार गर्छु,उसले नै ज्यान फाल्ने अवस्था देखिन्छ प्रजिअ अधिकारीले बताए ।

स्थानिय तह,अफिस वा कम्तीमा संस्थागत रुपले पनि सिपिआर जन्य कसरी गर्ने कृतिमबाट मान्छेलाई कसरी बचाउने मेडिकल पर्शनले नै सिकाउने ३० मिनेट देखि एक घण्टाक अभ्यास गरियो भने घरमा घट्ने घटनामा पनि मान्छेलाई बचाउन सकिने उनले आग्रह गरे ।

सिम्रौनगढ़ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद जयसवालको अध्यक्षतामा सो अभ्यास भएको थियो। उक्त कार्यक्रममा संबिधान सभा सदस्य रामचन्द्र प्यासी,करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव,बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुम बहादुर के.सी,श्री रिपुमर्दन गण ब्रहमपुरी ब्यारेक बाराका प्रमुख सेनानी अशोक कुमार क्षेत्री,सरकारी कार्यालयहरुका प्रमुख,जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित,जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतान,वडा अध्यक्ष संचारकर्मी तथा स्थानीयबासिहरु लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रमको संचालन रिपुमर्दन गण ब्रहमपुरी ब्यारेक बाराका क्याप्टेन अनमोल प्रसाईले गरेका थिए।

साझा गर्नुहोस्