वीरगञ्ज
पर्सा क्षेत्र नम्बर १ बाट पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लक्ष्मण लाल कर्ण र क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार रामनारायण कुर्मीले सँयुक्त घरदैलो कार्यक्रम गरेका छन ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा टोलमा दुबै जना उम्मेदवारहरुले सँयुक्त रुपमा घरदैलो कार्यक्रम गरेका हुन ।घरदैलोको क्रममा गठबन्धनमा आबद्ध पाँच दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।उम्मेदवार कर्ण र कुर्र्मीले मतदाताहरुसित मत माग्दै सँबिधानको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।
उनीहरुले नेपाली र मधेसी जनताको त्याग र बलिादनीबाट बनेको सँबिधानको रक्षा पाँच दलीय गठबन्धनबा नै सम्भव रहेकोले आफुहरुलाई अत्याधिक मतका साथ बिजयी गराउन अनुरोध समेत गरेका थिए ।