काँग्रेस बाराको चुनाव आज हुदैं

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 2 मिनेट

नेपाली काँग्रेस बाराको नेतृत्वको लागि चुनाव आज हुँदैछ ।

श्री ३ चन्द्र माविमा चुनाव हुने भएको हो ।सभापति पदका तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत पुर्याउन नसकेपछि फेरि दोस्रो पटक चुनाव हुन्दैछ ।

सभापतिका उम्मेदवार राजेश राय यादव र शम्भुबहादुर बुढाथोकी बीच दोस्रो पटक टक्कर हुने भएको हो ।

कुल २४ सय ८२ मतदाता रहेकोमा जम्मा २४ सय मत खसेको थियो । जसमध्ये कसैले पनि ५१ प्रतिशतमत पुर्याउन सकेको थिएन ।

सभापतिका उम्मेदवार शम्भु बहादुर बुढाथोकी र राजेश राय बीच प्रतिस्पर्धा हुँदैछ ।

यसैबीच संस्थापन इतर पक्ष अर्थात शेखर कोइराला पक्षबाट सभापतिका उम्मेदवार भई तेस्रो स्थान हासिल गरेका रामानन्द यादव सहितको समुहले औपचारिक रुपमा पहिलो स्थान ल्याएका राजेश यादवलाई समर्थन गरेका छन् ।

कलैयाको करणराज प्यालेसमा शुक्रवार राती सहमहामन्त्री उमाकान्त चौधरीको रोहबरमा रामानन्द यादवले राजेश रायलाई समर्थन गरेका हुन् ।

उनले समर्थन गरेपछि ती समुहका कतिपय स्थानीय नेताहरु असन्तुष्टी व्यक्त गरेका थिए । असन्तुष्ट समुहले शनिवार दरवार होटेलमा पत्रकार सम्मेलन गरी बुढाथोकीलाई समर्थन गरेका हुन् ।

रामानन्द यादव प्यानलबाट मनोज भट्ट,राजेश रौनियार, शिवजी सर्राफ, हरिओम साह सोनार, दिलीप तिम्लसेना लगायतकाले बुढाथोकीलाई समर्थन गरेका हुन् ।

पहिलो चुनावको नतिजा सभापतिका उम्मेदवार राजेश राय यादवले ८ सय ३३ मत सहित पहिलो स्थान, शम्भुबहादुर बुढाथोकी ८०९ मत सहित दोस्रो र रमानन्द यादव ७०८ मत सहित तेस्रो स्थान ल्याउन सफल भएका थिए ।

पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेको रामानन्द यादव निर्वाचनबाट बाहिरिएका हुन । दोस्रो चरणको चुनावमा राजेश यादव र दोस्रो भएका बुढाथोकी बीच निर्वाचन हुँदैछ ।

 

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *