गढीमाई संवाददाता/
बाराको निजगढ नगरपालिका वडा नं. १२ थली स्थित पुर्ण अपाङ्गता भएकी ११ वर्षीय नाबालिका बलात्कारको सिकार भएकी छिन् ।
घरमा ती बालिका एक्लै भएको अवस्थामा बलात्कृत भएकी थिइन् । बालिकाकी आमा केही समयपछी घरमा आउँदा बालिकालाई रगताम्य र अचेत अबस्थामा घरमै फेला पारिएको थियो। ।
पीडित बालिका हिंड डुल गर्न र बोल्न नसक्ने अवस्थाका बालिका हुन। दिउँसो अन्दाजी अपरान्ह ३/४ बजेको समयमा घरमा कोहि नभएको मौका छोपी बाख्रा चराउन आउने एक गोठालो बाट जबर्जस्ति करणी भएको हुन सक्ने घर परिवार र छिमेकीको शंका रहेको छ ।
घटनाको सुचना पाए लगतै अस्थाई प्रहरी पोस्ट रतनपुरको टोलि त्यस घटना स्थलमा साँझनै पुगेको थियोे ।
त्यस लगत्तै ईलाका प्रहरी कार्यालय निजगढ टोलि समेत घटनास्थलमा आई घटनाको अनुसन्धान र मुचुल्का बनाई पीडित बालिकालाई थप चेक जाँच उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको छ । बलात्कारीको तिब्र खोजी कार्य भैइरहेको र छिटोभन्दा छिटो अपराधीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा हदैसम्मको कार्बाही गरिने प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले बताएका छन् ।