कलैया : कलैया सिटी जेसिजको आर्ट अफ स्टेज डायनमिक तथा पार्लियामेन्ट्रि मिटिङ्ग प्रोसिडियुर ट्रेनिङ सम्पन्न भएको छ।
बाराको कलैयामा रहेको करणराज पार्टी प्यालेसको सभाहलमा कलैया सिटी जेसिजको आयोजनामा गरिएको आर्ट अफ स्टेज डायनमिक तथा पार्लियामेन्ट्रि मिटिङ्ग प्रोसिडियुर ट्रेनिङ सोमबार एक कार्यक्रम बिच सम्पन्न भएको हो।
कलैया सिटी जेसिज २०२४ का अध्यक्ष जेसि पवन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका का पुर्व नगर प्रमुख एवम् नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सभापति राजेशराय यादवले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका छन् ।
सो कार्यक्रमको प्रशिक्षक जेसिज नेपालको २०२२ का कार्यकारी उपाध्यक्ष एवम् जेसिज नेपाल ट्रेनर जेसि सुनिल तिमिल्सिनाले कसरी सार्वजनिक मञ्चमा प्रस्तुत गर्ने,आफ्नो उपस्थिति र कार्यकलापलाई कसरी प्रभावकारी बनाउने,बोल्ने शैली,आवाजको उतार–चढाव र भावनात्मक कनेक्शन,मञ्चमा उभिने आत्मविश्वास,आडियन्सको ध्यान आकर्षण गर्ने क्षमता,सलाईको काटी बाली आफ्नो परिचय दिने,व्यवहारिक ज्ञान प्रशिक्षण दिएका थिए ।
सो कार्यक्रममा मनकामना कलेज र ग्यालेक्सी बिजनेस कलेजका विद्यार्थीहरु सहभागी भएका थिए।
उक्त कार्यक्रममा नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,कलैया उपमहानगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष राजेश महतो,वीरगंज जेसिज २०२३ का अध्यक्ष अरविन्द श्रेष्ठ,२०२४ का अध्यक्ष अजय चौधरी,सिमरा जेसिज २०२३ का अध्यक्ष लक्ष्मण अधिकारी,२०२४ का अध्यक्ष लक्की रिमाल,नेपाल कांग्रेस बाराका जिल्ला सदस्य रवि साह,कलैया सिटी जेसिज २०१८ का अध्यक्ष धनिलाल साह सोनार,२०२० का अध्यक्ष विपिन चौधरी,२०२४ का कार्य कारणी उपाध्यक्ष गणेश शर्मा,सिए प्रदिप कुशवाहा र उपाध्यक्ष आकाश कुमार गुप्ता,शेषनाथ पासवान,जेसिजका पदाधिकारीहरु,मनकामना स्कुलका प्रधानाध्यापक रामबाबु कुशवाहा,विधार्थी,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।
सो कार्यक्रमको संचालन कलैया सिटी जेसिज २०२४ का महासचिव बिजय गिरीले गरेका थिए ।









