रामचन्द्र पाैडेल राष्ट्रपति भएपछि कलैयामा दीप प्रज्वलन

गढिमाइ खबर
पढ्न लाग्न समय 1 मिनेट

कलैया । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भए पछी कलैयामा सत्ता गठबन्धन द्वारा दिप प्रज्वलन गरिएको छ । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाएका थिए ।

बिहिवार बेलुका भएको दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्लाका सभापति राजेश राय यादव ,बारा जिल्ला क्षेत्र नम्बर ४ क प्रदेश सभाका सभापति लोकेश सिंह ,नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष मुकेश साह, लोसपा पार्टीका नगर अध्यक्ष जय प्रकाश साह तेलि, एस पार्टीका अरुन खनाल, विवेकशील साझा पार्टीका जिल्ला अध्यक्ष सुशील साह, जनमत पार्टी जिल्ला अध्यक्षका रामबाबु साह लगायतको सहभागी रहेको थियो ।

तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलको अध्यक्ष्ातामा भएको दिप प्रज्वलनमा सत्ता गठबन्धन दलका नेताहरुको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *