प्रतिबन्धित लागू औषध एम्पुल सहित एक जना पक्राउ

गढिमाइ खबर
185 पाठक संख्या

कलैया : बारा प्रहरीले प्रतिबन्धित लागू औषध एम्पुल सहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक नन्द किशोर सिंहको कमाण्डमा खटिएको पिकेट डियूटी टोलीले उक्त लागू औषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ टोल बस्ने अन्दाजी २० वर्षीय सेराज अंसारी रहेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

जिल्लाको कलैया उप-महानगरपालिका वडा नं.५ भरत चौक स्थित मटिअर्वा जाने बाटोको छेउमा २ वाट आपको क्यारेट राखी सोही स्थानमा रहेको हुँदा प्रहरीलाई देखी भाग्न खोज्दा शंकास्पद लागी खटिएको प्रहरी टोलीले अंसारीलाई पक्राउ गरिएको उनले बताए ।

उनको साथबाट नोफिन १५०० पिस,फेनारगन १५०० पिस र डाईजोपाम १५०० पिस जम्मा ४५०० पिस ( १५ पोका) लागू औषध बरामद गरिएको हो ।

उक्त क्यारेट खोली हेर्दा माथी आप र मुनि प्रतिबन्धित लागू औषध एम्पुल वरामद गरी अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता पण्डितले बताए ।

साझा गर्नुहोस्