बारामा गोली प्रहार गरी एक युवकको हत्या

गढिमाइ खबर
288 पाठक संख्या पढ्न लाग्न समय 0 मिनेट
पढ्न लाग्न समय 0 मिनेट

अपरिचित समुहको गोली प्रहारबाट बाराको पचरौता नगरपालिका वार्ड नं ६ पकडिया स्थित लक्ष्मीनिया पोखरीको डिल नीर एक युवकको मृत्यु भएको छ ।

अन्दाजी २२ वर्षीय युवकलाई गोली लागेर मृत्यु भएको हो ।

मृतकको पहिचान हाल सम्म नखुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

उक्त घटनाबारे थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता न्यौपानेले बताएका छन् ।

साझा गर्नुहोस्