कलैया : प्रहरीले बाराको जितपुर सिमरा सिमरा उप–महानगरपालिका वडा नं.७ जीतपुर चोक स्थित सडक खण्डमा एक ट्रकबाट बिहीबार राति लाखौंको माल सामान बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको प्रहरी टोलीले पर्सा जिल्लाबाट सप्तरी तर्फ जादै गरेको ना ५ ख २६०९ नम्बरको डिब्बे ट्रकबाट रू.७३ लाख ८४ हजार चार सय १७ रूपैयाँ बराबरको माल सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बरामद गरिएको माल सामानमा टायर,औषधि,पाइप,स्प्रे टैङक लगाएत अन्य खुद्रा सामानहरू रहेका छ। माल सामान बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकमा शुक्रबार बिहान एक माल बाहक ट्रक बाट लाखौको माल सामान बरामद गरेको छ।
प्रहरी चौकी पथलैयाका प्रहरी बरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट चितवन तर्फ जादै गरेको ना ३ ख ५०३९ नम्बरको ट्रक बाट ३१ लाख ५१ हजार एक सय ११ रूपैयाँ बराबरको टायर,मोटर पोर्टस,केमिकल पाउडर र ईलेक्ट्रिकल सामान लगायत अन्य खुद्रा सामानहरू बरामद गरेको हो।
त्यसैगरी प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलकुवा चोकमा यात्रु बोक्ने अटो बाट ६० हजार रूपैयाँ बराबरको कस्मेटीक सामान बरामद गरेको छ।
प्रहरी चौकी तेलकुवाका प्रहरी सहायक निरीक्षक पूर्ण तामाङ्गको कमाण्डमा खटिएको प्रहरी टोलीले कबहीबाट वरियारपुरतर्फ आउदै गरेको यात्रु बोक्ने अटोमा भन्सार छलीका ६० हजार रूपैयाँ बराबरको कस्मेटिक सामान बरामद गरेको हो।
प्रहरीले एक करोड पाँच लाख ९५ हजार पाँच सय २८ रूपैयाँ बराबरको विभिन्न समानहरू सहित दुई वटा ट्रक नियन्त्रणमा लिईएको हो। बरामद गरिएको माल सामान सहित दुई वटै ट्रकलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा शुक्रबार बुझाईएको प्रहरीले जनाएको छ ।









