गोली हान्ने प्रहरीलाई कारवाही गर्न सह–महामन्त्रि यादवको माग

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 100
पढ्न लाग्ने समय : 3 मि.

नेपाली काँग्रेसका सह–महामन्त्रि महेन्द्र यादवले गोली हान्ने प्रहरीलाई कारवाही गर्न माग गरेका छन् ।

प्रहरीको गोलीलागी मृत्यु भएको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नन्दसागरा ढाट निवासी स्व. लक्ष्मी मुखिया बिनको १३ औं दिनको पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन् ।

सो अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै उनले तानाशाही प्रवृति आपूmहरुलाई सहय् नहुने उनले बताए ।

पूर्व मन्त्रि यादवले देशको परिवर्तनका लागि,जनताको सुरक्षाका लागि बिधिको शासन जरुरी रहेको उनले बताए । जस्तो सुकै तानाशाहलाई नछोडने उनले उद्घोष गरे ।

गोली हान्ने प्रहरीलाई बर्खास्त गर्न उनले माग गरे । उनले विनको आश्रित परिवारलाई क्षतिपूर्ति तथा वालबच्चाहरुलाई शिक्षा उपलब्ध गराउन सरोकारवालासंग आग्रह गरे ।

नेपाली काँग्रेसका सहमहामन्त्रि उमाकान्त चौधरीले बिनको घटना नियोजित रुपमा गराइएको दावी गरे ।घटनामा मधेस प्रदेश सरकारका मुख्यमन्त्रि सरोज कुमार यादव र सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवारको पनि हात हुन सक्ने अनुमान गरेका छन ।

सुतेको काँग्रेसलाई जिस्काउने काम नगर्न उनले आग्रह गरे । काँग्रेस ब्युझियो भने ठुला भनाउदाहरुको होस् हवास गुम्छ उनले भने । स्व.बिनको मृत्युले नेपाली कांगेस पार्टीलाई अपुरणीय क्षति भएको उनले बताए । मृत आत्माको चिर शान्ति गर्दै शोकाकुल परिवारजनमा धैर्य धारणाको लागि शतिm प्रदान गर्न कामना गरे ।

नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बिजयशंकर यादवको अध्यक्षतामा श्रद्धाञ्जलि सभा सम्पन्न भएको हो ।

सो कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव,सहमहामन्त्रि जयनारायण यादव, सदस्य उपेन्द्र जयसवाल,महासमिति सदस्य रामनरेशकान्त कुशवाहाले मृतक विनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

सो सभामा नेपाली कांग्रेसका जिल्ला सहसचिव प्रमोद यादव, प्रदेश क का सभापति टेकबहादर लामा, ख का सभापति मोहन कुशवाहा,,काँग्रेसका युवा नेता पेमासिद्धि लामा आर्दश कोतवाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले समेत श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

सो कार्यक्रममा शिक्षक संघ सिम्रौनगढ नगर समितिका अध्यक्ष उमाशंकर प्रसाद यादव,करार कर्मचारी संघका अध्यक्ष नितेश यादव,वडा नम्बर १ का वडाअध्यक्ष दिनदयाल मुखिया १० का वडाअध्यक्ष राजकुमार यादव,नेकपा एसका नेता किशोरी प्रसाद यादव,माओवादी केन्द्रका नेता भोजिन्द्र यादव,पत्रकार सिकेन्द्र पासवान लगायतकाले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेश समितिको तर्फबाट उपसभापति चन्द्रशेखर कुमार यादवले एक लाख २५ हजार र आदर्शकोतवाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले आफनो निजी तर्फबाट एक लाख ५ रुपैयाँ स्व बिनको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।

यस भन्दा पहिले महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले पाँच लाख आर्थिक सहयोगको घोषणा गरि सकेका छन् । सिम्रौनगढ नगरपालिकाको बोर्ड बैठक बसी रु १० लाख रुपैयाँ सहयोग दिने घोषणा हुने सो अवसरमा जानकारी गराएको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।