मधेस प्रदेशको एकमात्र रहेको वीरगञ्ज महानगरपालिकाको मेयरको लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्ताको पहिलो दिन आईतबार दुई वटा पार्टीबाट दुई जना र १० जना स्वतन्त्र गरि १२ जनाको मेयरमा उम्मेदवारी दर्ता भएको हो ।
आईतबार र सोमबार दुई दिनसम्म उम्मेदवारी दिन पाईने ब्यावस्था अनुसार आईतबार पहिलो दिन वीरगञ्ज महानगरको मेयर,वडाध्यक्ष,सदस्य लगायतका पदहरुमा उम्मेदवारी दर्ता भएको छ ।
जिल्ला समन्वय समिति परिसरमा खोलिएको निर्बाचन अधिकृतको कार्यालयमा आईतबार उम्मेदवारी दर्ताको कार्य शुरु भएको छ । जस अनुसार वीरगञ्ज महानगरपालिकाको मेयरमा चार जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।
निर्बाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म महानगरको मेयरमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट गोकर्ण प्रसाद कोईरीले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै महानगरको मेयरको लागि ३ जना स्वतन्त्र उम्मेदवारहरुले पनि आईतबार मनोनयन दर्ता गराएका छन ।
महानगरको मेयरमा स्वतन्त्रबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ निवासी कैलाश सर्राफ,१० निवासी राजेश सिँह र वडा नम्बर २८ निवासी राधेशयाम साहले उम्मेदवारी दर्ता गराएको सहायक निर्बाचन अधिकृत जय प्रसाद काफलेले जानकारी दिए ।
पहिलो दिन आइतवार महानगरको वडा अध्यक्ष पदका लागि पनि विभिन्न वडाबाट गरि १९ जनाले मनोनयन दर्ता गराएका छन् ।ती मध्ये नेकपा एकीकृत समाजवादी , राप्रपा , जनमत पार्टी र विवेकशील पार्टीका एक एक जना रहेको र बाँकी १५ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएको पौडेलले बताए ।
यसैगरि महानगरको दुइ वडा सदस्य पदका लागि २९ जनाले , महिला वडा सदस्यका लागि १० जनाले र दलित महिला वडा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।
दुई दिनसम्म उम्मेदवारी दर्ता गर्ने समय भएकोले आईतबार पहिलो दिन यहाँका मुख्य राजनितीक दलहरुले उम्मेदवारी दर्ता गराएनन ।उनीहरुले भोलि सोमबार महानगरको बिभिन्न पदको लागि उम्मेदवारी दर्ता गराउने बताएका छन ।