मधेश प्रदेशकै सर्वाेत्कृष्ट प्रहरी उपरीक्षक बने मिश्र

गढिमाइ खबर
148 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

विरगञ्ज : मधेश प्रदेशकै सर्वोत्कृष्ट प्रहरी उपरीक्षक गौतम मिश्र घोषित भएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा उनी सर्वोत्कृष्ट भएका हुन्। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशकै सर्वोत्कृष्ट घोषित भएका हुन्।

पर्सा जिल्ला प्रहरी कार्यालय प्रथम स्थानमा रहेको छ। उसले ९०. १९ प्रतिशत अंक हासिल गरेको हो। प्रहरी उपरीक्षक मिश्रको नेतृत्वमा पर्साले चोरी तस्करीमा उल्लेखनीय सफलता प्राप्त गरेको छ।

करिब ६० करोड रुपैयाँ बराबरका सामान नियन्त्रण गरेको छ। फरार रहेका १ हजार ५ सय ११ जना प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनमा उल्लेख्य सफलता हासिल गरेको छ। लागुऔषध नियन्त्रण र मानव बेचबिखन विरुद्धको कारबाहीमा पर्सा प्रहरीले उत्कृष्ट काम गरेको छ।

कार्यालयको भौतिक संरचना सुधारसँगै धार्मिक तथा सांस्कृतिक पर्वहरूमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह उनले गरेका छन् । २०७७ देखि कार्यसम्पादन सम्झौता मूल्यांकन हुने गरेको हो। जसमा पर्सा पहिलो पटक विजेता बनेको हो।

साझा गर्नुहोस्