फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
191 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

प्रहरी कारवाहीको सिलसिलामा प्रहरीले बिहीबार एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत,कलैयाबाट अपहरण तथा शरीर बन्धक चालु मुद्दामा वरदात पश्चात फरार रहेका एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बिरेन्द्रराज गुरूङले प्रेस विज्ञप्ति जारी गरी जनाएका हुन् ।

लुकिछिपि बसेको अवस्थाबाट बारा,प्रसौनी गाँउपालिका वडा नं.१ प्रसौनी बस्ने ४५ वर्षीय राजकुमार गोसाईलाई पक्राउ गरी कानूनी प्रकृया अगाडि बढाईएको उनले जानकारी दिएका हुन् ।

साझा गर्नुहोस्