अवैध प्याजसहित पिकअप गाडी बारा प्रहरीको नियन्त्रणमा

गढिमाइ खबर
144 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बारा प्रहरीले अवैध प्याजसहित पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरबाट सो पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट चितवन जादै गरेको प्र.२०३–००१च६२०३ न.को पिकअप गाडीलाई रोकी जाँच गर्दा विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको ६० बोरा प्याज प्रहरीले नियन्त्रणमा लिएको हो ।

अन्दाजी मूल्य एक लाख ८१ हजार रूपेयाँ बराबरको ६० बोरा करिब तीन हजार किलो प्याजसहित पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

पिकअप र प्याजलाई आवश्यक कानूनी प्रकृया पुरा गर्न काम अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साझा गर्नुहोस्