भौतिक संरचना भत्काएर ९ महिनादेखि कार्यालय भौतारिदा पनि पाएनन् मुआब्जा

गढीमाईखवर डट कम
पढ्न लाग्न समय 6 मिनेट

युनिक यादव /
बाराको बहुप्रतिक्षित आयोजनामा रहेको पूर्वपश्चिम राजमार्गलाई जोड्ने मानमत–कलैया –मटिअर्वा सडकखण्ड हो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा देखि पिलुवा सम्म २६ किलोमिटर लामो सडक आयोजनाको काम अधुरै रहे पनि यस कार्य को म्याद सकिएको छ ।

अधुरो रहेको काम हो सदरमुकामको मुख्य बजार क्षेत्र जसमा ३ किलोमिटर अझै बाकी छ । दक्षिणमा रहेको देविगन्ज – भरत चोक हुँदै उत्तरमा मदिन टोलसम्म तीन किलोमिटर सडक निर्माण हुन सकेको छैन ।

काठमाडौंको आशिष-डीएस जेभी निर्माण कम्पनीले २०७६ वैशाख महिनासम्ममा काम सक्नेगरी ४८ करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

तर दुई वर्ष बितिसक्दा पनि अन्य ठेकेदार लाई ठेक्का दिएर अधुरो रहेको निर्माणको काम सुरु भएको छैन ।

अधुरो रहेको सडक निर्माणमा सुरुमा सडकमा पर्ने घरजग्गा लगायतका संरचना नहटेर समस्या थियो ।

संरचना नहट्दै आयोजनाको म्याद सकियो । अब आएर एक अर्का लाई दोसारोपण मै सिमित छ ।

निर्माण नहुनुको मुख्य समस्या ः सरकारी पक्ष


निर्माण अधुरै रहेको सडकको केन्द्र देखि दुबै तर्फ १५–१५ मिटर भित्र ६१९ वटा घर परेको छ । ती घरहरू मध्ये ४७६ घरका धनीले आफ्नो भौतिक संरचना भत्काएर मुआब्जा लिसकेका छन् । बाकी रहेको १४३ वटा घर मध्ये ४३ घरका धनीहरुले आफ्नो जग्गा को मुआब्जा बढाउनको लागी उच्च अदालत र सर्वोच्च अदालत मा मुद्दा दायर गरेका छ्न ।

यद्यपि ऊनीहरुले भौतिक संरचनाको नभई जग्गाको मात्र मुआब्जा बढाउन मुद्दा दायर गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बारा , हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंज र कलैया उपमहानगरपालिकाको गैर जिम्मेवार हुँदा भौतिक संरचना भत्काउन सकिएको छैन ।

भौतिक संरचना भत्काएर पनि नागरिकले पाएन्न मुआब्जा ः दोषी को ?

करिब ९ महिना देखि ५१ घरधुरीका घरधनीले आफ्नो भौतिक संरचना भत्काएर हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजमा मुआब्जा को लागी भौतारिदा पनि नपाएको गुनासो गरेका छन् । यसरी बाकी ४९ जना घरधनीले आफ्नो भौतिक संरचना भत्काएर आफ्ना छिमेकीहरुले नपाए पछी हामीले पनि नभत्काएको एक स्थानीयले गुनासो गरे ।

यसा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बिरगंजले २०७८ साउन १४ गते सूचना प्रकाशित गर्दै ७ दिन भित्र सडकको केन्द्र देखि दुबै तर्फ १५–१५ मिटर भित्र पर्ने भौतिक संरचना भत्काएर मुआब्जा लिन सूचना जारी गर्यो । तर त्यो सूचना सरकारी पक्षमा कमजोरी नभएको र आम नागरिक को गलती हुने मनासायले सूचना जारी भएको प्रष्ट देखिन्छ ।

सूचना ७ दिन को जारी गर्ने त्यो भन्दा अगाडि देखि घरधनीले मुआब्जाको लागि कार्यालय भौतारिदा पनि मुआब्जा नदिने ? यो त जनता प्रति गिद्द नजर भएको प्रष्ट देखिन्छ ।

निर्देशनालयका प्रमुख दरोगा प्रसाद कै कार्याकालमा साउन १४ गते सूचना जारी भएको हो । हाल उनै दरोगा प्रसाद आयोजा प्रमुख छन ।

कसले सुन्ने नागरिकका पीडा !

भौतिक संरचना भत्काएर पनि आफ्नो मुआब्जा नपाएको गुनासो को चाङ्ग छ । ऊनीहरुको गुनासो सुन्ने कोहि छैन । कलैयाका प्रदीप कुमार साह भन्छन , “ १० महिना अगाडि दुई तल्ले घर भत्काए ।

यस पछी को हरेक महिना प्रशासन कार्यालय को मुआब्जा फाट र बिरगंज मा रहेको निर्देशनालयको गेट मा पुग्छु तर हाकिम भन्छन भोलि , भोलि । “ यस्तै गुनासो जिउत ठाकुर को पनि छ ।

उनले पनि भने , “आफ्नो घर भत्काएर २०,२५ पटक बिरगंज कार्यालय मा मुआब्जा को लागि गए कोहि सुन्ने भएन , सिडियो नीर गए वहाँ ले पनि सुन्नु भएन ।

दुबै निकाय ले भोलि,भोलि भन्ने गरेका छन् तर सूचना जारी भएको ९ महिना भैसक्दा पनि हामिले मुआब्जा पाएका छैनौं ।

पटक पटक सर्भे तर काम अगाडि कसरी बढ्ने ?


जब सम्म भौतिक संरचना भत्किदैन तब सम्म सडक निर्माण हुनै सक्दैन । यो सरकारी पक्षलाई थाहा हुने कुरा नै हो । तर बिडम्बना नागरिक लाई झुक्याउन पटक पटक अनेक ठेकेदार लाई ठेक्का दिएर सर्भे को काम भैरहेको छ ।

अहिले आएर फेरि सप्तकोसी जलाधार कन्स्ट्रक्सनले ठेक्का पाएको छ । उक्त कन्स्ट्रक्सनले ठेक्का पाए पछी सर्भे को काम अगाडि बढाएको छ पटक पटक सर्भे मात्र हुन्छ ठेकेदार फेरबदल हुन्छ । फेरि अर्को ठेकेदार आउँछ उसले फेरि काम सुरु गर्न सर्भे गर्छ । सर्भे मा मात्र सिमित सरकारी ढुकुटि को चरम दुरुपयोग भएको सरासर देखिन्छ ।

भौतिक संरचना नभत्कदा के बाटो घर माथि निर्माण हुने हो ? भन्ने प्रश्न उठेको छ । सरकारी पक्षले पहिला भौतिक संरचना नभत्काएर र भत्किएको संरचना को मुआब्जा बितरण नगरेर यसरी बारम्बार सर्भे गर्ने र काम सुरु नगर्ने परिपाटीले सरकारी ढुकुटी को चरम दुरुपयोग भएको प्रष्ट देखिन्छ ।

यसमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव,बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।

धुलाम्य सडकले स्वास्थ्यमा असर


सडक निर्माण नहुदा आम सर्वसाधारण को स्वास्थ्यमा समेत असर परेको छ । उक्त सडक खण्डका एक ब्यापारी विशालसाहलेभने , “ दिनभर धूलो आएर दिक्क बनाउँछ, यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर भइरहेको छ “ ।

उनले भने उपमहानगरले पानी पनि पटाउदैन । वर्षातको समयमा हिलाम्मे र घाम लागे पनि धुलाम्मे हुने कलैया को मुख्य सडकको नियती भैसकेको छ ।

यस क्षेत्रका बासिन्दाले हिलो र धुलोबाट मुक्ति हुन अझै सकेका छैनन् ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *