बारा ३(ख) मा प्रदिप यादवको पक्षमा जन लहर बढ्दै

गढीमाईखवर डट कम
108 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

बारा । बारा निर्वाचन क्षेत्र ३ (ख) स्वतन्त्र उम्मेदवारी दिएका प्रदीप प्रसाद यादव को पक्षमा जन लहर बढ्दै गएको छ ।

पछिल्लो समय बाराको ४ वटै निर्वाचन क्षेत्रमा स्वतन्त्र को लहर बढ्दो क्रममा छ । प्रदेश सभा सदस्य का उम्मेदवार प्रदीप प्रसाद यादव को समेत चुनाव नजिकिँदै जादा उनले बिस्तारै जनताको साथ पाउदै छन् । लाल्टेन छाप लिएर पहिलो पटक ऊनी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन ।

यतिबेला उनी घरदैलो कार्यक्रमलाई तिब्र पारेका छन् । उनले कलैया स्थित भरत चौकमा समेत गरेका चुनावी सभा मा आम युवा देखि वृद्धको साथ पाएका थिए । विगत लामो समयदेखि सफल ब्यवसायि तथा विभिन्न समाजसेवामा सक्रिय रहेका यादवको उम्मेदवारीले मतदाता समेत उत्साहित भएको पाइएको छ ।

साझा गर्नुहोस्