रञ्जन यादब/
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखको रुपमा कार्यभार सम्हालेका प्रहरी उपरिक्षक होबेन्द्र बोगटीले जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका सञ्चारकर्मी र उद्योगी ब्यवसायीहरुसँग शान्ति सुरक्षाको स्थितीको बारेमा बुझेका छन् ।
ईलाका प्रहरी कार्यालय सिमरामा आयोजना गरिएको कार्यक्रममा प्रहरी उपरिक्षक बोगटीले पत्रकारहरुसँग पत्रकारिताको क्रममा देखा परेको समस्या र बस्तु स्थितीको बिषयमा जानकारी लिनुभएको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिबारीले जानकारी दिनुभयो ।
पत्रकारहरुलाई प्रहरी उपरिक्षक बोगटीले आफु बिभिन्न ठाउँमा बसेर प्रहरी प्रबक्ताको जिम्मेवारी निर्वाह गरिसकेकाले पत्रकारहरुलाई सहजै सुचना पाउँने बातारण मिलाउँने सिलसिलामा प्रतिबद्ध रहेको बताउँनुभयो ।
त्यस्तै जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका पदाधिकारीहरुसँग उद्योग ब्यवसाय सञ्चालन गर्दा देखा परेको शान्ति,सुरक्षाको स्थितीको बिषयमा जानकारी लिएका थिए ।
नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने लगायतको पदाधिकारीहरुले उद्योगी तथा ब्यावसायीहरुले भोगिरहेको समस्याको बिषयमा प्रहरी उपरिक्षक बोगटीलाई जानकारी गराएका थिए । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले खादा लगाई प्रहरी उपरिक्षक बोगटीलाई कार्यालयमा स्वागत गरेको थियो ।