मधेस सरकारले खरिद गरेको बसले परिक्षार्थी ओसार्दै

गढीमाईखवर डट कम
155 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

राम मण्डल/
मधेस प्रदेश सरकारले करोडौ रुपैयामा खरिद गरेको बसले प्रदेशमा रहेका बिभिन्न कार्यालय तथा तालिम केन्द्रका कर्मचारी र परिक्षार्थीहरु ओसार्नमा प्रयोग भईरहेको छ ।

प्रदेश सरकारले प्रदेशका जनताहरुको आवतजावतमा सहज होस भनि खरिद गरेको पाँच वटा बस अहिले प्रदेशका कार्यालय र तालिम केन्द्रका कर्मचारी र परिक्षार्थीहरु ओसार्नमा प्रयोग भईरहेको हो ।
प्रदेश सरकारले लागि जनकपुरबाट राजबिराज र वीरगञ्जसम्म प्रदेश परिबहन सञ्चालन गर्नको लागि ३ करोड ५० लाख लागत पर्ने अनुमानसहित पाँच वटा बस खरिद गर्ने गरि २०७६ साल फागुन १ गते निणर्य गरेको थियो ।

उक्त पाँच वटा बसहरु ३ करोड ३९ लाख ९० हजारमा खरिद गरि २०७७ साल पुस ९ गते भौतिक पुर्बाधार तथा बिकाश मन्त्रालयले बुझेको पनि थियो । तर,खरिद गरेको दुई बर्ष सम्म पनि प्रदेश सरकारले सञ्चालन गर्न नसकेको बस अहिले कर्मचारी तथा परिक्षार्थी ओसार्नको लागि प्रयोगमा ल्याइएको छ ।

खरिद गरिएका बसहरु प्रदेश सरकारले सञ्चालन गर्दा राजश्वमा नोक्सानी बेहोर्नु पर्ने भन्दै २०७८ साल फागुन २४ गते मन्त्रि परिषदको निणर्य अनुसार सरकारले प्रदेश मातहतका चार वटा कार्यालयलाई उक्त बसहरु हस्तान्तरण गरेको थियो ।

प्रदेश परिबहन सञ्चालनको लागि खरिद गरिएको सुबिधा समपन्न पाँच वटा बसहरु मध्ये मधेस स्वास्थय बिज्ञान प्रतिष्ठानलाई दुई वटा,प्रदेश प्रशिक्षण तथा अनुसन्धान केन्द्र जनकपुर मुजेलिया,कृषि अनुसन्धान तालिम केन्द्र नकटाझिज र कृषि बिश्व बिधालय राजबिराजलाई एक एक वटा गरि हस्तान्तरण गरिएको भौतिक पुर्बाधार बिकाश मन्त्रालयका सचिव दिपक कुमार दासले जानकारी दिए ।

अहिले ती पाँच वटै बसहरुबाट हस्तान्तरण गरिएको कार्यालयले आफना कर्मचारी तथा परिक्षार्थीहरुलाई ओसार्नमा प्रयोग गरिरहेको उनले बताए ।

‘प्रदेश सरकारले पाँछ वटा बसहरुलाई मातहतका चार वटा कार्यालयलाई हस्तान्तरण गरेको छ,ती कार्यालयहरुले उक्त बसहरु सञ्चालनमा ल्याई सकेका छन,उनले भने,कार्यालयका कर्मचारी परिक्षार्थीहरु जहा बर्षै भरि हुन्छन उनीहरुलाई ओसार्न बस सञ्चालनमा ल्याइएको छ ।’यसअघि ती बसहरु खरिद गरिएको दुई बर्षसम्म पनि सञ्चालन नगर्दा त्यसको वारेण्टी समय पनि सकिएको छ ।

साझा गर्नुहोस्