कलैया : नेपाल सरकारको गृह मन्त्रालयले जनपद प्रहरी तर्फ २५ जना प्रहरी उपरीक्षकहरुको बढुवाको सिफारिस गरेको छ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवाको सिफारिश गरेको हो।
समितिले मंगलबार गरेको सिफारिश अनुसार प्रहरी उपरीक्षकहरुलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरिएको हो।
यसरी बढुवा हसनेहरुमा रमेश थापा,अजय केसी,अनुपम समशेर जबरा,बीरबहादुर बुढामगर,नवराज अधिकारी,कृष्णप्रसाद कोईराला,होबिन्द्र बोगटी,कृष्णप्रसाद पंगेनीको प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएको हो।
यसैगरी गोबिन्द अधिकारी,बिनोद सिलवाल,श्यामकुमार महतो,बेद बिष्ट,शिवकुमार श्रेष्ठ,प्रकाश मल्ल,शान्तिराज कोईराला,जनार्दन जिसी,रन्जु सिंग्देल,सन्तोष खडका,सन्तोषकुमार भट्टराई,राजेन्द्रप्रसाद धमला,सन्तोषसिंह राठौर,सञ्जयसिंह खडका,बिमलराज कँडेल,प्रभु प्रसाद ढकालको प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवाको सिफारिस गरिएको हो।









