अबैध प्याज र जुत्ता बारा प्रहरीको नियन्त्रणमा

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 222
पढ्न लाग्ने समय : 1 मि.

जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेको ईलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैया बाराबाट खटिएको बिशेष प्रहरी टोलीले अवैध प्याज तथा जुत्ता नियन्त्रणमा लिएको छ ।

विल विजक नभएको अबैध भन्सार छल्लीका तीन लाख,३५ हजार पाँच सय रूपैया बराबरको सामानहरू नियन्त्रणमा लिईएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी जनाएका हुन् । सो सामानहरु आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको छ ।

जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंजबाट प्रहरीले बा १७ च ७७८० नं. को मारुति भ्यान नियन्त्रणमा लिएको हो ।

सो भ्यानबाट दुई लाख ८० हजार पाँच सय बराबरको २४३ जोर जुत्ता प्रहरीले नियन्त्रणमा लिएको हो ।

बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकबाट प्र.१–०१–००१ख३५७८ न.को यात्रुबाहक बसबाट ५५ हजार मूल्य बराबरको १० क्विन्टल प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।