बारामा काँग्रेसको एकसय दिने बिशेष अभियान स्थगित

गढिमाइ खबर
208 पाठक संख्या

कलैया : नेपाली काग्रेसको एक सय दिने बिशेष अभियान अन्र्तगत बारामा गरिने कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ ।

नेपाली काग्रेस बाराका सभापति राजेशराय यादवले शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गरी अभियान अन्तर्गत बाराको चार वटै प्रतिनिधी सभा क्षेत्रको आयोजनामा गरिने बिस्तारित बैठक र जिल्ला कार्य समितिको आयोजनामा शहिद दिवसको उपलक्ष्यमा जिल्लामा गरिने समापन कार्यक्रम अर्काे सचना नहुनजेल सम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन ।

केन्द्रिय प्रतिनिधीको सल्लाह अनुसार नै कार्यक्रम स्थगित गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत माघ ९ गते बुधबार बसेको जिल्ला कार्य समितिको बिस्तारित बैठकले चार वटै निर्वाचन क्षेत्रमा अभियान अन्र्तगत कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

साझा गर्नुहोस्