निजगढमा पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया महिलाहरु खुलेर उपचार गराउन आउदैनन्ः स्वास्थ्यकर्मी

गढिमाइ खबर
343 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

रन्जन यादव/

बारा जिल्लाको निजगढमा शुक्रवार पाठेघर खस्ने समस्या सम्बन्धी पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

निजगढ नगरपालिकाको सभाहलमा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र टेकु काठमाडौँको सहयोग तथा हेल्थ नेपाल मिडिया प्रालिको आयोजनामा पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नारायणी अस्पताल वीरगंजका प्रसुति तथा स्त्री रोग बिशेषज्ञ डा. मन्जु रायले पाठेघर खस्ने समस्या सम्बन्धि जानकारी गराईन ।

उनले महिलाहरुमा पाठेघर खस्ने समस्या अहिले ठुलो चुनौती बनेको बताउँदै खुलेर समस्या बारे भन्न तथा उपचार गराउन समयमै अस्पताल आउनेको संख्या न्यून हुँदा धेरै महिलाहरु उच्च जोखिममा पर्ने गरेको बताइन् ।

निजगढ नगरपालिकामा संचालनमा रहेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्धन कार्यक्रम बारे निजगढ नगरपालिकाले घर घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने गरेको र हालसम्म यस कार्यक्रम मार्फत १८५३ जनाले स्वास्थ्य सेवा पाएको निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले जानकारी गराईन ।

त्यसति उहाँले निजगढ नगरपालिका भित्र पाठेघर खस्ने समस्या देखा परेमा लाज नमानेर चिकित्सक र घर परिवारमा जानकारी गराउनको लागि आग्रह गरिन । पाठेघर खस्ने सम्बन्धि जनचेतना फैलाउनको लागि पत्रकारहरुलाई समाचार सम्प्रेषण गर्न समेत उनले आग्रह गरेकी छिन ।

महिला स्वास्थ्य सम्बन्धि सबैधानिक तथा कानुनि व्यवस्थाहरु बारे मकवानपुर जिल्ला सरकारी वकिल कार्यालयको सहायक जिल्ला न्याधिवता बिष्णु कुमारी चौधरीले प्रकाश पारीन ।

पाठेघर खस्ने सम्बन्धि पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा निजगढ नगरपालिकाकी नगर उपप्रमुख सोममाया थिङ्ग,प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला,उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्धन कार्यक्रमको संयोजक रामप्यारी तिमल्सिना लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

बाराका सञ्चारकर्मीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा हेल्थ आवाजका कार्यकारी सम्पादक भिसा काफ्लेले सहजिकरण गरेकी थिईन ।

साझा गर्नुहोस्