कलैया : बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनिबार एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय बाराले आजदेखी आफ्नो सेवा सुचारु गर्ने जानकारी दिएका छन्। जनजीवन सामान्य भएको भन्दै उनले सूचनामा सेवा सुचारु गर्ने जनाएका हुन्।
भदौ २३ र २४ गतेका दिन देशभरका विभिन्न स्थानहरुमा भएको आन्दोलनका कारण असामान्य परिस्थिति सिर्जना भई सेवा स्थगित रहेको थियो। हाल जनजिवन सामान्य भएकोले भदौ २९ गते आइतबारबाट नियमित सूचारु रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि सो सूचनामा पौडेलले अनुरोध गरेका छन्।
भदौ २९ गते आइतबार बिहान ६ बजे पश्चात जिल्ला भर निषेधाज्ञा तथा निषेधित क्षेत्रहरू समेत हटाईएको छ।









