स्वर्णकारको हत्या योजनाकार प्रेमिका सहित दस जना पक्राउ

गढिमाइ खबर
पढ्न लाग्न समय 2 मिनेट

बाराको सदरमुकाम कलैयास्थित रहेको बाल एकता ईङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ३९ वर्षीय रुपेश स्वर्णकारको हत्या उनकै प्रेमिका र उनका अर्का प्रेमीको संलग्नता भएको अनुसन्धानबाट खुलेको छ ।

सोमबार दिउँसो करिब साढे १२ बजे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय स्कुल मदर्शाको बिच सडकमा पछाडिबाट २ वटा मोटरसाइकलमा मास्क लगाएर आएका चार जनाले दिनदहाडै स्वर्णकारमाथि गोली प्रहार गरी हत्या गरेका थिए ।

हत्याको प्रकरणमा प्रेमिका सहित दस जनालाई बारा प्रहरीले पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रहरीले अहिले नाम र ठेगाना सार्वजनिक गरेको छैन । प्रहरीले नाम नबताए पनि अन्य स्रोतबाट प्राप्त जानकारी अनुसार कलैया निवासी प्रेमिका राधा गुप्ता र अर्का प्रेमी भारतीय मनोज गुप्ता रहेको खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विवाहित स्वर्णकारसँग प्रेममा रहेकी ती प्रेमिका अर्का भारतीय प्रेमीसंग पनि प्रेम सम्बन्धमा थिइन् । ती भारतीय प्रेमीले स्वर्णकारलाई आफ्नी प्रेमिकासँगको सम्बन्ध तोड्न बारम्बार दबाब दिँदै आएको समेत खुलेको छ ।

पक्राउ परेकी ती प्रेमिकाको प्रेम सम्बन्धमा फसेका स्वर्णकारले त्यति सजिलै प्रेमिका छाड्न मानेका थिएनन्।

भारतीय प्रेमीले पे्रमीकासँग मिलेर स्वर्णकारको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।

अर्का प्रेमीले प्रमिकासंग मिलेर गत साउन १३ र भदौ २८ गते पनि स्वर्णकारलाई गोली हान्ने प्रयास गरेका थिए । तर सफल नभएको प्रवक्ता न्यौपानेले बताए ।

स्वर्णकारको हत्यामा प्रमीकाको दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी प्रमीकाकी अर्को प्रेमीले कि आफूलाई मार्ने कि स्वर्णकारलाई मार्ने धम्की दिएपछि आफूले स्वर्णकारको हत्या गर्न सहयोग गरेको बयान समेत प्रहरीलाई दिएकी छिन् ।

पक्राउ परेकी प्रमिका सहित १० जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

पक्राउ परेका सवैको नाम र ठेगाना भने बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्ने १० जना मध्य पाँच भारतीय नागरिक र पाँच नेपाली नागरिक रहेका छन्। प्रिन्सिपल स्वर्णकारलाई गोली प्रहार गर्ने मुख्य ‘सुटर’ बाहेक घटनामा संलग्न रहेका अधिकांशलाई पक्राउ गरिएको प्रबक्ता न्यौपानेले जनाए ।

साझा गर्नुहोस्
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *