बारामा बिबाह गर्न आएका चिनिया बेहुलासहित तीन जना पक्राउ

गढिमाइ खबर
41 पाठक संख्या पढ्न लाग्न समय 2 मिनेट
पढ्न लाग्न समय 2 मिनेट

कलैया : बारा प्रहरीले बाराको करैयामाई गाउँपालिका वडा नम्बर १ हरैयाबाट बुधबार राति एक चिनिया बेहुला सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको गान्सु प्रान्त निवासी अनि बालुबाको २२ बर्षिय छोरा न्यु युबिन, हरैया निवासी बेहुलीका बुवा ४४ बर्षिय जाकिर हुसेन देवान र उनको नबालिक छोरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

देवानले आफ्नै विवाह गर्ने उमेर नपुगेकी छोरीको विवाह पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिक संग आफ्नै घर भित्र विवाह गराई रहेको सुचना प्रहरीले पाएको थियो । उक्त सुचना प्राप्त भएपछि जिप्रका बाराका प्रहरी निरिक्षक प्रकाश खड्काको कमाण्डमा र प्रहरी चौकी मधुवनका प्रहरी सहायक निरिक्षक शम्भु प्रसाद यादवको कमाण्डमा खटिृएको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

चिनियाँ नागरिक र बेहुला बेहुलीको भेषमा समाजिक रितिरिवाज अनुसार विवाह गर्दै गरेको अवस्थाबाट विवाह गर्ने उमेर नपुकेकी नबालिकालाई उद्दार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले विवाह गराउने/गर्ने व्यक्ति समेतलाई नियन्त्रणमा लिएको हो।

उनीहरु माथि अनुसन्धान गर्नका लागि प्रहरीले बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप गराएको छ । उक्त बस्तीमा एक बर्षमा तिन वटा मुस्लिम युवतीको चिनियाँ नागरिकसंग बिबाह भईसकेको एक स्रोतले जनाएको छ ।

बिबाह गर्ने उदेश्यले चिनियाँ नागरिक बेहुलीको घरमै आएको वडा अध्यक्ष सोनालाल साहले बताएका छन । पछिल्ला केही बर्षदेखि चिनियाँ नागरिकसंग मुस्लिम समुदायका महिलाहरुको बिबाह गर्ने गरेको रहस्य खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । चिनियाँ नागरिकहरु पाकिस्तानका मुस्लिम समुदायका युवतीहरुसंग बिबाह गर्ने गरेका थिए ।

बेहुलीको उमेर १८ बर्ष मात्र रहेको छ । पुरुषको उमेर २२ वर्ष र महिलाको उमेर २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने नेपालमा कानुनी ब्यवस्था रहेको छ ।

साझा गर्नुहोस्