कलैया : बारा प्रहरीले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक बाट सोमबार एक माल बाहक ट्रक बाट लाखौको माल समान बरामद गरेको छ ।
प्रहरी चौकी पथलैयाका प्रहरी सहायक निरिक्षक अमृत मैनालीको कमाण्डमा खटिृएको प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौँतर्फ जादै गरेको ना ६ ख ४४४७ नम्बरको ट्रक बाट रू.५३ लाख ४० हजार ९० रूपैया बराबरको मालसमान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त मालबाहक ट्रकलाई रोकी चेकजाँच गर्दा बिल विजक भन्दा बढीको माल समान भेटिएको प्रहरीले जनाएको छ ।
उक्त माल समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।









