पर्सा–१ मा कर्णलाई बिजयी गराउन कानुन ब्यावसायीहरु पनि जुटे

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 917
पढ्न लाग्ने समय : 2 मि.

कार्तिक २१ वीरगञ्ज
पर्सा क्षेत्र नं १ का प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार लक्ष्मणलाल कर्णले कानुन व्यवसायीसँग छलफल गरेका छन । पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका कर्णले कानुन व्यवसायीसँग सोमबार छलफल गरेका हुन ।

वीरगञ्ज स्कुल अफ लको अयाोजनामा भएको छलफल कार्यक्रममा उनले कानुन व्यवासायीको साथ आफूलाई आवश्यक रहेको बताएका थिए । छलफलको क्रममा कानुन ब्यावसायीहरु मँगलबारदेखि नै क्षेत्र नम्बर १ का हरेक वडामा पुगेर मत मागने बताएका छन ।

उनीहरुले कर्णको पक्षमा प्रचार प्रसार टोली नै बनाएर मत माग्ने भएका छन ।कार्यक्रममा आफनो मन्त्बय राख्दै अधिबक्ता पन्नालाल गुप्ताले उम्मेदवार कर्ण कानुन ब्यावसायी परिवार भित्रको ब्यक्ति भएको सँबिधान सभामा सशक्त आवाज उठाएको,वीरगञ्जमा उच्च अदालतको ईजलाश ल्याएकोले कानुन ब्यावसायीहरुसित कर्णको पक्षमा मत माग्न आग्रह गरेका थिए ।

अर्का बक्ता बरिष्ठ अधिबक्ता रामेशवर सेढाईले उम्म्ेदवार कर्ण सँबिधान र कानुनको बिज्ञ भएको,सँघिय सँसदमा कानुन बनाउन बिशेष योग्दान दिएकोले क्षेत्र नम्बर १ का अन्य उम्मेदवारहरु भन्दा उत्कृष्ट सबल,बलियो र सशक्त उम्मेदवार भएकोले उनलाइ बिजयी कानुन ब्यावसायीहरु लाग्नु पर्ने कुरामा जोड दिए ।

वीरगञ्ज स्कुल अफ ल का प्रिन्सिपल चन्द्रिका प्रसाद पटेलल सहजीकरणे गरेको कार्यक्रमको अध्यक्षता वीरगञ्ज स्कुल अफ ल का चेयरमेन एवम् नेपाल बार एसोशिएसनका केन्द्रिय उपाध्यक्ष अधिबक्ता सुधिर कुमार कर्णले गरेका थिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजबादीका नेता अधिबक्ता चिरञ्जिवी आचार्य,उच्च अदालत बार एसोशिएसनका अध्यक्ष अधिबक्ता बिशाल चौधरी,लगायत उच्च बार वीरगञ्ज कार्यसमितिका सम्पुर्ण पदाधिकारी,पर्सा बार एसोशिएसनका अध्यक्ष ओमप्रकाश गुप्ता,उपाध्यक्ष अधिबक्ता अजय श्रीवास्तव र कार्यसमितिका सम्पुर्ण पदाधिकारी जिल्लामा कार्यरत सम्पुर्ण कानुन ब्यावसायीहरुके सहभागिता रहेको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।