वीरगञ्ज – कलैया सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको दुर्घटनास्थलमै

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 241
पढ्न लाग्ने समय : 1 मि.

बारामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

कलैया विरगंज सडकखण्ड अन्तर्गत भलुही चोक नजिकै प्रदेश २-०३-०१७ प ९७५० नंबरको मोटरसाइकल दुर्घटना हुदा कलैया उपमहानगरपालिका वडा नं २३ मा बस्ने हिरा पटेलका ३० वर्षिय छोरा श्री भगवान पटेलको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।

सवारी दुर्घटनामा परि मृतकको शरीरबाट दाहिने हात कटेर बाहिर आएको हृदय विदारक दृश्य रहेको थियो ।

मृतक पटेलको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ । मृत्युको कारण स्पष्ट नभएको र थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता न्यौपानेले बताए ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।