जसपा पार्टी नेपालका नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 138
पढ्न लाग्ने समय : 1 मि.

जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन ।

पोखरियामा आयोजना भएकोे बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा परित्याग गर्दै रौनियार मंगलबार एमालेमा प्रवेश गरेका हुन् ।

निर्माण कम्पनी पप्पु कन्स्ट्रक्शनका पूर्व सञ्चालक रौनियारलाई एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए ।

०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा रौनियार निर्वाचित भएका थिए ।

पूर्व सांसद रौनियारलाई पार्टी प्रवेश गराउन नेकपा एमालेले पर्साको पोखरीयामा बृह्त पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।