कलैया : बाराको कलैयामा दुई मोटरसाइकल आपसमा जुद्धा मोटरसाइकलमा सवार एकै परिवारका तीन जना घाइते भएका छन्।
बाराको कलैया उपमहानगरपालिका ४ अदालत नजिक कलैयामा सोमबार सो दुर्घटना भएको अस्थायी प्रहरी पोष्ट बसपार्कले जानकारी दिएको छ। गंजभवानिपुरतर्फ जादै गरेको प्र.२–०३०१२८ प ९४५० नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको ना.५ प ६२९४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सो दुर्घटना भएको हो।
ना.५ प ६२९४ नं को मोटरसाइकलमा सवार व्यक्तिहरु घाइते भएका हुन्। ना ५ प ६२९४ नंको मोटरसाइकल चालक पर्साको वीरगंज महानगरपालिका १८ बस्ने अं वर्ष४२ को जिउ हुसेनलाई केहि भएको छैन्।
घाइते हुनेहरुमा हुसेनको ३५ वर्षीया श्रीमति सहारुन खातुन,चार वर्षीया छोरी सदमा खातुन तथा छ वर्षीया छोरी नगमा खातुन घाइते भएकी हुन्। उनीहरुको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ।
दुबै मोटरसाइकल अस्थायी प्रहरी पोष्ट बसपार्कको नियन्त्रणमा रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले साझेदारी दैनिकलाई जानकारी दिए।
प्र.२–०३०१२८ प ९४५० नम्बरको मोटरसाइकल चालक जिल्ला बाराको कलैया उपमहानगरपालिका २६ बस्ने अन्दाजी बर्ष २५ को काशी प्रसाद यादव घाइतेहरुको उपचारमा संलग्न रहेको उनले जनाए।









