जीतपुर : बाराको जीतपुरबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित बैदेही पेट्रोप पम्प अगाडीबाट दुई जनालाई पक्राउ गरीएको हो ।
ईलाका प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साका संयुक्त प्रहरी टोलीले लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं.२१ का १८ वर्षीय साविर अन्सारी र सोही वडाका ५८ वर्षीय बिरेन्द्र प्रसाद साह रहेका छन् ।
बीरगन्जबाट जीतपुरतर्फ जाँदै गरेको ना २२ प ९९९४ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर फेला परेको हो ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।