वडाध्यक्ष कार्की पाँच लाख घुस रकमसहित पक्राउ

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 68
पढ्न लाग्ने समय : 3 मि.

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको जीतपुरबाट एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

हेटौडास्थित अख्तियारको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई घुस रकम सहित पक्राउ गरेको हो ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट पाँच लाख घुस रकम सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले जानकारी दिए ।

प्लटिङ्ग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले वडा अध्यक्ष तथा नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य कार्कीलाई पक्राउ गरेको हो ।

सिमरामा जग्गा व्यवसाय गर्दै आएका जीतपुरसिमरा–२ का राजेन्द्र उप्रेती ‘राजन’ ले वडा अध्यक्ष कार्कीलाई यसअघि १३÷१४ लाख बुझाईसकेको दाबी गरेका छन् । उनले अति भएपछि अख्तियार गुहारेको जनाएका छन् ।

उप्रेतीले साथी दिनेश सुवेदीसँग मिलेर काठमाण्डौका एक व्यक्तिको जग्गा सम्झौता गरेको र सो जमिनको घरबाटो सिफारिस लिने क्रममा वडा अध्यक्ष कार्कीले पटक–पटक गरेर १३÷१४ लाख लिईसकेको दाबी गरे । सिफासिस दिनको लागि वडा अध्यक्ष कार्कीले विभिन्न व्यक्तिको नाममा रकम हाल्न दबाब दिने गरेको जनाए ।

जग्गा सम्बन्धी मुद्दामा आफ्नो धेरै खर्च भएको भन्दै रकम माग्न सुरु गरेका कार्कीले पछिल्लो समय घरमा पेन्ट गर्न रकम चाहिएको भने । उनले यस्को लागि पाँच लाख घुँस रकम माग गरे, व्यवसायी उप्रेतीले भने । धेरै दुख दिएपछि अत्ति भएपछि आपूmले अख्तियारमा जानकारी गराए ।अख्तियारको सल्लाह अनुसार आफुले रकम बुझाएको उप्रेतीले जानकारी दिए ।

अख्तियारमा पैसाको नम्बर टिपाएर रकम बुझाएको र योजना अनुसार नै अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।
काम गरेर खाने अवस्था नभएपछि बाध्य भएर अख्तियार गुहार्नु परेको उप्रेतीको भनाई रहेकोछ ।

उनले मन्दिरको अवस्थामा बल्ल बल्ल जग्गा किन्न मान्छे आउँदा सिफारिस नदिएर दुःख दिएको गुनासो गरे ।उप्रेतीका अनुसार वडा अध्यक्ष कार्कीले पाँच लाख बुझेपछि सिफारिस दिने भनेका थिए ।

सिफारिस पत्र वडा कार्यालयमा तयार पारेर घुँस रकम बुझ्न कार्की होटलमा आएका हुन् । अख्तियारले नियन्त्रणमा लिएका वडा अध्यक्ष कार्कीलाई हेटौँडा हुँदै काठमाडौँ लैजाने तयारी रहेको छ ।

वडा अध्यक्ष कार्की पक्राउँ पर्दा होटल अगाडि करिब एक सय भन्दा बढी सङ्ख्यामा हेर्न आउँने मानिसको भिड थियो । स्थितिलाई नियन्त्रणमा राख्न बाक्लो सङ्ख्यामा होटल अगाडि प्रहरी परिचालन गरिएको थियो।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।