सार्वजनिक सुनवाई कार्यक्रममा ३० जना उपस्थिति,बजेट खर्च दुई लाख

गढिमाइ खबर
77 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

कलैया । सुशासन,पारदर्शीता,जवाफ देहिता कलैया उपमहानगरको प्रतिबद्धता भन्ने नाराका साथ भएको सार्वजनिक सुनवाई कार्यक्रम बन्दकोठाभित्र भएको रहस्य खुलेको छ।

बाराको कलैया उपमहानगरपालिकाले फाल्गुन २५ गते १४ नम्बर वडा बघवनमा आयोजना गरेको सो सार्वजनिक सुनवाई कार्यक्रम बन्द कोठाभित्र भएको खुलेको हो।

नगरस्तरीय योजना अन्तर्गत २ लाख रुपैया बजेट रहेको यो कार्यक्रम ३० जनाको उपस्थितिमा भएको हो।

सो सुनवाई कार्यक्रममा उपप्रमुख रौशन प्रविन,प्रमुख प्रशासकीय अधिकृत नाथु साह,वडा अध्यक्ष,वडा सदस्य लगायत अन्य कर्मचारी, शिक्षक,२ जना पत्रकार,केही एनजिओकर्मि र २–४ जना वडाध्यक्षका नजिकका व्यक्तिहरुको उपस्थिति रहेको हो।

सार्वजनिक सुनवाई भनेको खुल्ला ठाउँमा १५ दिन अगाडि देखि प्रचारप्रसार गरेर आयोजना गर्नुपर्ने भएपनि यसरी हुनुले गर्ने निकायप्रति शंका उव्जाएको हो।

साझा गर्नुहोस्