बारा प्रहरीले तीन किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा आइतबार राती ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले घरमा लुकाई छिपाई राखेको तीन किलो लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नमसगरा ढाट बस्ने अन्दाजी ५५ वर्षीय प्रमा मुखिया विन रहेको प्रहरीले जनाएको छ ।
लागू औषध गाँजा बरामद गरी उनलाई समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।