गढीमाई संवाददाता/
विद्यालय शिक्षा बिधेयक विरुद्ध शिक्षकहरुले गरेको आन्दोलनमा नेपाल विद्यार्थी संघ बाराले ऐक्यवद्धता जनाएको छ ।
संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०८० मा नेपाली शिक्षक,कर्मचारीहरु र सामुदायिक विद्यालय शिक्षामा नेपाल सरकारसँग सम्झौता भएको विषयहरुलाई सम्बोधन नगरी शिक्षा क्षेत्रमा दुरगामी प्रतिकुल असर पर्ने नेपाल विद्यार्थी संघ बाराले जनाएको छ ।
नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष समीर चौधरीले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । उक्त प्रेस विज्ञप्तीमा शिक्षा क्षेत्रलाई ध्वस्त पार्ने चलखेल भएको र शिक्षा विधेयकमा शिक्षकहरुका मागहरु सम्बोधन नभएकोले नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बाराको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
शिक्षकहरुको माग सम्बोधनमा सरकारले ध्यान दिनु पर्ने नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष समीर चौधरीले समेत जनाएका छन् । उनले आफू र जिल्ला कार्य समिति नै आन्दोलनमा ऐक्यवद्धता जनाएको बताए ।