बारा क्षेत्र नं. ४ निर्वाचन ः संघमा श्रेष्ठ, प्रदेशमा चौधरी र सोनल बिजयी

गढीमाईखवर डट कम
107 पाठक संख्या पढ्न लाग्न समय 3 मिनेट
पढ्न लाग्न समय 3 मिनेट

रञ्जन यादब/
बारा

बारा क्षेत्र नं. ४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार प्रतिनिधि सभामा नेकपा (एकिकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशतर्फ क मा देवनारायण चौधरी र ख मा जीतेन्द्र सोनल निर्वाचित हुनुभएको छ ।प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

गठबन्धनका उम्मेदवार श्रेष्ठले ३० हजार दुई सय ५६ मत प्राप्त गर्दा एकबाल मियाँले २० हजार दुई सय ७५ मत प्राप्त गर्नुभयो । श्रेष्ठले ९ हजार ९ सय ८१ मतको फराकिलो मतान्तरले मियालाई पराजित गरेका हुन् ।२०७४ सालको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका श्रेष्ठले यसपटक बारा ४ बाट चुनाव लड्नुभएको थियो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठले बारा ४ लाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिक्रिया दिनुभयो ।बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।गठबन्धनका उम्मेदवार श्रेष्ठले ३० हजार दुई सय ५६ मत प्राप्त गर्दा एकबाल मियाँले २० हजार दुई सय ७५ मत प्राप्त गरे । श्रेष्ठले ९ हजार ९ सय ८१ मतको फराकिलो मतान्तरले मियालाई पराजित गरेका हुन् ।२०७४ सालको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका श्रेष्ठले यसपटक बारा ४ बाट चुनाव लडेका थिए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका श्रेष्ठले बारा ४ लाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिक्रिया दिए ।बारा क्षेत्र नं. ४ (१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् ।

चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले निर्वाचित हुनुभयो ।चौधरीले १३ हजार ६ सय नौ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार नौ सय ८९ मत पाएका छन् ।बाराको क्षेत्र नम्बर ४ (ख) को प्रदेशसभा सदस्यामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जितेन्द्र सोनल पुन निर्वाचित भएका छन् ।पाँच दलीय गठबन्धनका समेत उम्मेदवार रहेका सोनल निकटतम प्रतिस्पर्धी भन्दा निक्कै फराकिलो मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सोनल १३ हजार ५९६ मतका साथ विजयी हुदा उहाँका निकटतम प्रतिस्पर्धी जसपा-एमाले उम्मेदवार आत्माराम साह ८ हजार २६९ मत मात्रै पाएका छन् । सोनल र साह बिचको मतान्तर ५ हजार ३२७ रहेको छ ।मधेस प्रदेश सरकार पुर्वमन्त्री र लोसपाका प्रदेश अध्यक्षसमेत रहेका सोनल २०७४ को निर्वाचनमा पनि यहि क्षेत्रबाट १३ हजार १ सय १८ मतका साथ निर्वाचित भएका थिए ।

साझा गर्नुहोस्