बारा प्रहरीले शुक्रबार राति लाखौ रुपैयाँ बराबरको प्याज बरामद गरेको छ ।
प्रहरी चौकी पथलैया बाराबाट खटिएको विशेष प्रहरी टोलीले सो प्याज बरामद गरेको हो ।
उसले बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैया चोकमा प्र.२–०४–००१ च ००८४ नं को पिकअप गाडीलाई रोकी जाँच गर्दा बिल विजक भन्दा बढी लोड गरेको २५०० किलो प्याज बरामद गरेको जनाएको छ।
यस्तै स्रोत खुलाउन नसकेको अं.मुल्य १ लाख २५ हजार रूपैया बराबरको प्याज बरामद गरेको छ ।
प्याज सहित पिकअप नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम नायब उपरीक्षक दधिराम न्यौपानेले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।









