रौतहटमा हुलाकका ३७ जना कर्मचारी भए बिदाइ

गढिमाइ खबर
182 पाठक संख्या पढ्न लाग्न समय 1 मिनेट
पढ्न लाग्न समय 1 मिनेट

ओम प्रकाश यादव/

जिल्ला हुलाक कार्यालय रौतहट अन्तरगत कार्यरत ३७ जना कर्मचारी अवकास पाएका छन् ।

अतिरिक्त हुलाक कार्यलयका अवकात प्राप्त ३७ जना कर्मचारीहरुलाई जिल्ला हुलाक कार्यालय रौतहटले बिहीवार एक कार्यक्रमबिच सम्मान सहित बिदाई गरेको छ ।

उनीहरुलाई रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र हुलाक अधिकृत देवनाथ यादब दुबै जनाले संयुक्त रुपमा जिल्ला हुलाक कार्यालय गौर र विभिन्न पालिकामा सञ्चालित हुलाक कार्यालयमा कार्यरत ५८ वर्षभन्दा माथी उमेरका ३७ जना कर्मचारीहरुलाई टिका माला लगाइ बिदाई गरेका हुन ।

केही महिना अघि नयाँ नियमावलीमा सरकारले अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुको उमेर हद ५८ वर्ष मात्र तोकेकोले ५८ वर्ष भन्दा बढी उमेर भएका ३७ जना कर्मचारी एकै पटक रौतहटबाट बिदाई भएको जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवले जानकारी दिएका छन् ।

अवकाश प्राप्त कर्मचारीहरुको उक्त पद स्वत खारेज भइ जाने ब्यवस्था समेत नियमावलीमा उल्लेख गरिएकोले अवकाश प्राप्त कर्मचारीहरुको पद समेत खारेज भएको कार्यालय प्रमुख यादवले बताए ।

ट्यागहरू :
साझा गर्नुहोस्