बाराको कलैयामा झण्डै साढे पाँच महिनादेखी यातायात व्यवस्था कार्यालय संचालनमा आएको छ ।
कलैयामै यातायात कार्यालय स्थापना भएकपछि विभिन्न सेवाका लागि सहज बन्दै गएको छ। जिल्लामै कार्यालय स्थापना हुदा बाराबासीले अब सवारी अनुमति पत्र, सवारी दर्ता,नविकरण जस्ता काममा सहज भएको छ । सेवाका लागि अन्य जिल्लामा जानुपर्ने र महिनौ सम्म कुर्नुपर्ने समस्या हटेको छ ।
अब बारा बासीले नयाँ लाईसेन्स लिनदेखी सवारी नविकरण जस्ता कामहरु गर्न बाहिर जानु नपर्ने भएको हो । कार्यालयमा सेवा लिनेहरुको भिडबढेको छ ।
यातायात व्यवस्था कार्यालय कलैया बाराले करिब साढे पाँच महिनामा २ करोड १४ लाख २३ हजार ७ सय ६६ रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका– ३ गङ्गापुरमा रहेको शिक्षा तालीम केन्द्रको अडिटोरियम हलमा मंसिर २५ गते यातायात कार्यालयको स्थापना भएको हो ।
कार्यालयमा गतवर्ष गतपौष ११ गतेदेखि सेवा प्रवाह शुभारम्भ भएको करिब साढे पाँच महिनामा २ करोड १४ लाख २३ हजार ७ सय ६६ रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयले फागुन २३ गते देखि नयाँ तथा वर्ग थप सवारीचालक अनुमति पत्रको लागि अनलाइन दरखास्त आहवान गरेको थियोे । चैत्र ५ गतेदेखि सवारी चालक अनुमति पत्रको लागि लिखित तथा प्रयोगात्मक परिक्षा संचालनको सुरुवात भएको कार्यालयका प्रमुख महम्मद हुसैनले बताए ।
यातायात व्यवस्था कार्यालय बाराले सवारी कर तथा नविकरण वापत १ करोड ७५ लाख ४५ हजार ९ सय १६,पटके दस्तुर बापत १० लाख ९५ हजार २ सय ५०,न्यू लाइसेन्स फि बापत ५ लाख ८ हजार ५ सय,वर्ग थप लाइसेन्स फि बापत २३ हजार,न्यू लाइसेन्स इन्ट्री फि बापत १३ लाख ८१ हजार,वर्ग थप इन्ट्री फि बापत २ लाख १७ हजार ५ सय र लाइसेन्स नविकरण वापत ६ लाख ५२ हजार ६ सय गरि जम्मा २ करोड १४ लाख २३ हजार ७ सय ६६ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख हुसेनले साझेदारीलाई बताएका छन ।
कार्यालय प्रमुखका अनुसार सवारीसाधन कर तथा नविकरण शीर्षकमा सबैभन्दा बढी राजस्व संकलन भएको छ । उक्त कार्यालयमा १ हजार ९ सय ९० जना सेवाग्राहीहरुले अनलाइन आवेदन भरी लाइसेन्स लिने प्रक्रियामा सामेल हुदा ५ सय ५८ जनाले लिखित तथा ट्रायलमा पास गरि नयाँ लाइसेन्स लिने अन्तिम चरणमा रहेको उनले बताए । करिब ३ सय ५० जनाले नयाँ लाइसेन्सको रसिद काटी लाइसेन्स प्राप्त गर्ने छन् ।
कार्यालयबाट सम्पादन हुने सेवाहरुमा सवारी साधन तर्फ सवारी दर्ता नयाँ सवारी दर्ता,अस्थायि दर्ता,सरुवा दर्ता,हेरफेर दर्ता,लिलाम दर्ता,पुन दर्ता,सवारी नामसारी,हक हस्तान्तरण,जाँचपाँस (प्राविधिक निरिक्षण÷परिक्षण),प्रदुषण परिक्षण,बाटो इजाजतपत्र सम्बन्धि सेवा नया बाटो इजाजत पत्र प्रदान,नामसारि,बाटो परिवर्तन तथा बाटो थप,बाटो इजाजत पत्र स्थगित वा बाटो कटा गर्ने सम्बन्धि सेवा,सवारी चालक अनुमति पत्र तर्फ सवारी चालक अनुमति पत्र नयाँ दर्ता वितरण,नविकरण,वर्ग थप,प्रतिलिपि,प्रमाणीकरण र रि–ट्रायल जस्ता सेवा प्रदान हुँदै आएको छ ।
त्यस्तै सवारी साधनतर्फ कारखाना वा वर्कसप सचालन गर्न अनुमति पत्र दिने,नविकरण गर्ने,सवारी दर्ता प्रमाणपत्रको नवीकरण सवारी कर,आयकर नविकरण दस्तुर तथा जरिवाना संकलन,सवारी को लगत कटा काम नलागने गरि मासिएमा,कानुन बमोजिम विदेश लगिएमा,नभेटिने गरि हराएमा,सवारी धनिले लगतकटा गर्न माग गरेमा,यातायात क्षेत्रको अनुगमन महिनामा कम्तिमा पटक वा सो भन्दा बढी,यातायात सेवाको नाम पंजिकृत गर्ने सम्बन्धि सेवा,प्रमाणपत्रको प्रतिलिपि प्रदान सम्बन्धि सेवा सवारी दर्ता किताब,बाटो इजाजतपत्र र जाँचपास प्रमाणपत्र सेवाहरु सम्पादन हुदै आएको छ ।
कार्यालयबाट सवारी चालक अनुमतिपत्रतर्फ सवारी चालक अनुमति पत्र नयाँ दर्ता,वितरण,नविकरण,वर्ग थप,प्रतिलिपि,प्रमाणीकरण र रि–ट्रायल जस्ता सेवाहरु प्रदान हुँदै आएको छ ।
यता कलैयाका सोनु यादवसंग प्रतिक्रिया लिदा कलैयामा यातायात व्यवस्था कार्यालयले छिटोछरितो सेवा प्रदान गर्दै छ । अब आफ्नै जिल्लाबाट नयाँ लाइसेन्स लिदा धेरै खुशी लागेको उनले बताए ।