ब्रहमबाबा आधारभूत विद्यालयको दुई कोठे भवनको सिलिन्यास

गढीमाईखवर डट कम
गढीमाईखवर डट कम पाठक संख्या : 587
पढ्न लाग्ने समय : 1 मि.

सुवर्ण गाउँपालिका वडा नं. ६ मझरिया स्थित रहेका ब्रहमबाबा आधारभूत विद्यालयको २ कोठे भवनको बिहीबार औपचारिक कार्यक्रमका साथ सिलिन्यास सम्पन्न गरिएको छ ।

सुवर्ण गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले भवनको बैधिक विधि सहित सिल्न्यास गर्नु भएको हो ।

विद्यालयको भवन निर्माणले विद्यालयका हरेक गतिविधिले शैक्षिक सुधारमा टेवा पुग्ने र पालिकाले गर्ने सम्पूर्ण सहयोग यस विद्यालयलाई गराउने सिलिन्या कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिकाका अध्यक्ष यादवले प्रतिबद्धता जायर गरेका थियो ।

त्यसैगरी विद्यालय सिलिन्यास कार्यक्रमका विशिष्ट अथिति समेत रहेका गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र साहले समग्र रुपमा यस बिद्यालयमा भौतिक सम्रचनामा मात्र नभइ शिक्षाको बिकास,गुणस्तरीय शिक्षा प्रदान गनुपर्ने कुरामा जोड दिएका थियो ।

कार्यक्रममा गाउँपालिका शिक्षा शाखाका अधिकृत विध्यानन्द प्रसाद यादवले कार्यक्रम माथी प्रकाश पार्दै बिद्यालयका बारे चर्चा गर्नु भएको थियो ।

कार्यक्रम विद्यालयका गाउँपालिका उपाध्यक्ष पुनम कुमारी यादव नेपाली काग्रेसका युवा नेता सतेन्द्र प्रसाद यादव,विजय सिंह विद्यालयका शिक्षक,विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

यो लेख साझा गर्नुहोस्
हमीलाई पछ्याउनुहोस
gadhimaikhabar.com मिडिया प्रा.लि.द्धारा संचालित समाचार वेबसाईट हो ।